चीनका रक्षामन्त्री चाङ आज स्वदेश फर्कदै
काठमाडौ १२ चैत ।चीनका रक्षा मन्त्री चाङ वानक्वान नेपालको तीन दिने औपचारीक भ्रमण सकेर आज स्वदेश फर्कदैं छन् । स्वदेश फर्कनुअघि नेपालका बिभिन्न पुरातात्वीक सम्पदाको अबलोकन गर्ने तालिका रहेको छ ।
रक्षामन्त्री चाङले भूकम्पले क्षतिग्रस्त वसन्तपुर दरवार क्षेत्रको अबलोकन गर्दैछन् । वसन्तपुर दरबारको ऐतिहासिक महत्वकोबारे जानकारी दिने उदेश्यले नेपाली सेनाले उनलाई सो क्षेत्र अबलोकनको व्यावस्था गरेको हो ।
तीन दिने नेपाल बसाईका क्रममा मन्त्री चाङले राष्ट्रपति बिद्यादेबी भण्डारी , प्रधानमन्त्री पुष्पकमल दाहाल , गृहमन्त्री बिमलेन्द्र निधी ,समकक्षी बालकृष्ण खाड , प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायतका उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गरेका थिए ।
उनले चीनले अघि सारेको वान वेल्ट वान रोड परियोजनामा नेपाललाई साझेदार बन्न आग्रह गर्नुका साथै उच्चस्तरीय भेटमा तिब्बत र ताईवान चीन कै अभिन्न अंग रहेकोले चीन बिरोधि गतिबिधि हुन नदिन आग्रह गरेका थिए ।