बेमौसमी बर्षाका कारण ३ लाख बढी मेट्रिक टन धानबाट ८ अर्ब २६ करोड ८० लाख क्षति

भक्तपुर न्यूज

८ कार्तिक २०७८ ७:४२

बेमौसमी बर्षाका कारण ३ लाख बढी मेट्रिक टन धानबाट ८ अर्ब २६ करोड ८० लाख क्षति

काठमाडौं । कार्तिक पहिलो साता भएको अविरल मौसमले धानबालीमा ठूलो क्षति पुर्याएको छ। सातवटै प्रदेशमा २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको बालीमा असर गरेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार उक्त परिमाण धानबाट ८ अर्ब २६ करोड ८० लाख क्षति भएको छ।

सबै प्रदेशमा टोलि खटाएर उक्त विवरण संकलन गरेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सञ्जेलले जानकरी दिए। सञ्जेलका अनुसार धानबालीमा नोक्सानी व्यहोरेका किसानलाई राहत दिनेबारे मन्त्रालयमा छलफल भइरहेको छ।

मन्त्रालयले पठाएको तथ्यांक हेर्दा सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ। उक्त प्रदेशमा ९३ हजार पाँच सय ७६  हेक्टरको धानबाली क्षति भएको छ।

तराई तथा पहाडी भेगका अधिकांश धानबाली नष्ट भएको छ। विशेषगरी बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही  बढी प्रभावित छन्।

सुदुरपश्चिम प्रदेशमा ५५ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानमा असर पुगेको छ। विशेषगरि कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ।

त्यस्तै, प्रदेश १ मा ४९ हजार ९ सय ४५, प्रदेश २ मा  ४८ हजार ६ सय ८४, कर्णालीमा २२ हजार ५ सय, गण्डकीमा ८ हजार ३ सय ४ र सबैभन्दा कम बाग्मतीमा ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको धानमा असर पुर्याएको छ।

धान खेतीका लागि पकेट क्षेत्र मानिएका अधिकांश भेगमा  यसपटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौं हेक्टर क्षेत्रफलको धान बालीमा नोक्सानी पुर्याएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यसवर्ष देशभर करिब १३ लाख ४२ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो।

कुल  ग्राहस्थ उत्पादनमा कृषिको योगदान २८ प्रतिशत छ। त्यसमध्ये धानको मात्रै १० प्रतिशत छ। धानमा भएको क्षतिले कुल ग्राहस्थ उत्पादनको योगदान घट्ने देखिन्छ।

पानीमा डुबेका धानलाई बाहिर निकालेर स्टिम राइस, चिउरा बनाएर क्षति कम गर्न सकिने विज्ञहरूको भनाइ छ।

अविरल बर्षाका कारण धानबालीमा भएको क्षतिको विवरणः

प्रदेश असर पुगेको क्षेत्रफल(हे) क्षति पुगेको क्षेत्रफल(हे) क्षतिको परिमाण (मे.ट) क्षतिको रकम(रू) बढी प्रभावित जिल्ला)
प्रदेश १ ४९ हजार ९ सय ४५ ७ हजार ४ सय ९२ २८ हजार ४ सय ६९ ८० करोड झापामोरङसुनसरी
प्रदेश २ ४८ हजार ६ सय ८४ ५ हजार ३ सय ५५ २० हजार ३ सय ५० ५६ करोड सप्तरीसिरहा र सर्लाही
बाग्मति ७ हजार ५ सय ५ सय ३० २ हजार ६८ ५ करोड ८० लाख चितवन र नुवाकोट
गण्डकी ८हजार ३ सय ४ १ हजार १ सय ९२ ४ हजार ५ सय ३० १३ करोड स्याङ्जाकास्की र नवलपरासी
लुम्बिनी ९३ हजार ५ सय ७६ ४२ हजार ४ सय २७ १ लाख ६१ हजार २ सय २३ ४ अर्ब ५१ करोड बर्र्दियाकपिलवस्तुबाँकेरूपन्देही
कर्णाली २२ हजार ५ सय १० हजार ५ सय ८४ ४० हजार २ सय १९ ३० करोड डोल्पाजुम्लासल्यानसुर्खेत
सुदुरपश्चिम ५५ हजार १८ हजार ६८ हजार ४ सय १ अर्ब ९१ करोड कैलालीकञ्चनपुर
कुल जम्मा २ लाख ८५ हजार ५ सय ९ ८५ हजार ५ सय ८० ३ लाख २५ हजार २ सय ५८ आठ अर्ब २६ करोड ८० लाख  

                                                                                                                         स्रोत: कृषि तथा पशुपंक्षी विकास मन्त्रालय

प्रकाशित मितिः २०७८ कार्तिक ८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय