मजुवा नाकाबाट डेढ किलो चरेससहित एक जना पक्राउ

भक्तपुर न्यूज

८ कार्तिक २०७८ ७:२८

मजुवा नाकाबाट डेढ किलो चरेससहित एक जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका-३२, मजुवा नाकाबाट डेढ किलो अवैध लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा धादिङ गजुरी गाउँपालिका-३, बालसिंह बस्ने १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले बा २६ प ४९९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक ती किशोरलाई उक्त परिमाणको चरेससहित फेला पारी पक्राउ गरेको हो ।

यसै गरी पोखरा महानगरपालिका-३० पावरहाउसस्थितबाट २ किलो अवैध लागूऔषध गाँजासहित रुपा गाउँपालिका-१, थुम्की बस्ने २५ वर्षीय किसान श्रेष्ठलाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले ग।१ ख ७४०१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७८ कार्तिक ८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय