त्रिविकाे ४७औं दीक्षान्त समारोह : आवेदन दिन तीन दिन मात्रै बाँकी

भक्तपुर न्यूज

२ कार्तिक २०७८ ९:३७

त्रिविकाे ४७औं दीक्षान्त समारोह : आवेदन दिन तीन दिन मात्रै बाँकी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय दीक्षान्त समारोहमा सहभागी हुने बिद्यार्थीहरूले आवेदन दिन अब तीन दिन मात्रै बाँकी छ । ५ कार्तिक भित्र अनलाइन आवेदन भर्ने विद्यार्थीलाई मात्रै विश्वविद्यालयले दीक्षान्त समारोहमा सहभागी गराउने छ ।

गत २१ भदौदेखि अनलाइन आवेदन माग गरेको विश्वविद्यालयले २० असोजसम्म आवेदन दिन मिति तय गरेको थियो । तर, दसैँ बिदाको समय थप गर्न अनुरोध आएको भन्दै ५ कार्तिक सम्म म्याद थप गरिएको थियो ।

त्रिवि केन्द्रीय परिक्षा सञ्चालक समितिको निर्णयअनुसार ५ कार्तिक भित्र आवेदन दिनेलाई दीक्षान्त समारोहमा सहभागी गराउने निर्णय गत २० असोजको निर्णयमार्फत थप गरिएको परीक्षा नियन्त्रक कार्यालयले जनाएको छ । त्रिविले ४७औं दीक्षान्त समारोह आयोजना गर्दैछ ।

प्रकाशित मितिः २०७८ कार्तिक ०२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *