एजेन्सी ११ चैत । ब्राजिलियन कप्तान नेइमारले विश्व कप छनोटअन्तर्गत उरुग्वेविरुद्ध गोल गरेका छन्। उनले हाल उरुग्वेको राजधानी मोन्टेभिडियोमा भइरहेको दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत घरेलु उरुग्वेविरुद्ध ७४ मिनेटमा गोल गरेका हुन्।
नेइमारको गोलपछि उरुग्वेको घरमा अपराजित यात्रा लगभग टुँगिने सम्भावना देखिएको छ। यसपालिको विश्व कप छनोटमा उरुग्वेले घरेलु मैदानमा पराजय भोगेको छैन्।
नेइमारको गोल ब्राजिलका लागि तेस्रो थियो। यसअघि १८ र ५१ मिनेटमा पाउलिन्होले दुई गोल गरिसकेका छन्। एडिन्सन काभानीले खेल सुरु भएको ९ मिनेटमा पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाए पनि उरुग्वेले त्यसलाई कायम राख्न सकेन्। ब्राजिल हाल ३–१ ले अगाडी छ।
Comments