हाम्फालेका सैनिक मृत भेटिए

भक्तपुर न्यूज

१० चैत २०७३ ८:४६

हाम्फालेका सैनिक मृत भेटिए

काठमाडौं १० चैत । चितवनको देवघाटबाट नारायणी नदीमा हाम्फालेर बेपत्ता भएका सैनिक जवानको शव ११ किलोमिटर तल नारायणी नदीमा फेला परेको छ। नेपाली सेना र प्रहरीको संयुक्त खोजतलास टिमले उनको शव पाँच दिनपछि फेला पारेको हो।

उनको शव बुधबार पश्चिम चितवनको काभ्रेघाटस्थित नारायणी किनारमा फेला परेको र अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।  गएको चैत ५ गते अपराह्न चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटबाट नारायणी नदीमा  किशोरीसहित सैनिक जवान सरोज पोखरेल नदीमा हाम्फालेका थिए।

प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरेपनि पोखरेल बेपत्ता भएका थिए। चितवनको भरतपुर महानगरपालिका–२२ की १८ वर्षीया सम्झना पौडेललाई सोही दिननै उद्धार गरिएको भएपनि पोखरेल भने बेपत्ता भएका थिए। पश्चिम चितवनको पार्वतीपुर निवासी २२ वर्षीय पोखरेल नेपाली सेनाको विपद् व्यवस्थापन गण, रसौली, चितवनमा कार्यरत थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय