कांग्रेस र राप्रपाले सबै जिल्लामा चुनाव लड्न पाउने

भक्तपुर न्यूज

१० चैत २०७३ ८:३२

कांग्रेस र राप्रपाले सबै जिल्लामा चुनाव लड्न पाउने

काठमाडौं  १० चैत । नेपाली कांग्रेस र राप्रपाले अब सबै जिल्लामा स्थानीय चुनावमा भाग लिन पाउने भएका छन् । राप्रपाको ९ र कांग्रेसको एक जिल्लामा दल दर्ता छुटेको थियो, जसका कारण छुटेका जिल्लाका स्थानीय तहहरुमा चुनाव लड्न नपाउने अवस्था आएको थियो ।

तर, निर्वाचन आयोगले सत्तारुढ कांग्रेस, राप्रपासहितका दलहरुको छुटेका जिल्लाहरुमा दल दर्ता गरिदिएको छ । यसका लागि आयोगले फागुन २५ देखि २८ गतेसम्म तीन दिनको समय दिएर लिखित धारणा माग गरेको थियो । त्यस आधारमा कांग्रेसको डोल्पा र राप्रपाको मोरङ, धनुषा, महोत्तरीसहित छुटेका ९ जिल्लामा दल दर्ता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *