जापानी परामर्श कम्पनीलाई सीतापाइला-नौबीसे सुरुङमार्गको जिम्मा
काठमाडौ १० चैत । सीतापाइला-नौबिसे सुरुङमार्ग निर्माणका लागि सडक बिभागले परामर्शदाताको रुपमा जापानी कम्पनी निप्पोन कोइलाइ चयन गरेको छ । सुरुङमार्गको नक्सा डिजाइन निप्पोन कोइले नै तयार पार्नेछ । साथै यसले निर्माण कम्पनीले गरेको कामको पनि निगरानी राख्नुपर्नेछ ।
सडक विभागले गत शुक्रबार निप्पोन कोइलाई परामर्शदाताको रुपमा चयन गरेको विभागका बैदेशिक महाशाखाका प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए । उनले भने सुरुङमार्ग निर्माणका लागि परामर्शदाताका रुपमा निप्पोन कोइलाई चयन गरेका छौं, यससँगै ज्वाइन्ट भेञ्चरका रुपमा एट जापानीज इञ्जिनियरिङ र इटेको नेपाल रहेका छन् ।
नेपाली कम्पनीलाई पनि सुरुङमार्ग सम्बन्धी अनुभव होस् भन्ने उद्देश्यले परामर्शदाताले नेपाली कम्पनीसँग पनि परामर्शदाता कम्पनीले सहकार्य गर्नुपर्ने बाध्यात्मक व्यवस्था सडक विभागले गरेको थियो, जसका कारण नै ‘इटेको नेपाल’ ले पनि यसमा परामर्शदाताको रुपमा काम गर्न पाएको हो