लण्डन हमलाको विश्व समुदायबाट निन्दा

भक्तपुर न्यूज

१० चैत २०७३ ६:०६

लण्डन हमलाको विश्व समुदायबाट निन्दा

एजेन्सी १० चैत ।बेलायतको लण्डनमा पाँच जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलाको विश्व समुदायबाट निन्दा भएको छ । विश्वका नेताहरुले घटनाको निन्दा गर्दै बैलायतसंँग ऐक्यबद्धता जनाएका छन्।

मध्ये लण्डनस्थित ब्रिटिश संसद भवन नजिक भएको आतंकवादी हमलामा परी पाँच जनाको ज्यान गएको छ । घटनामा एक प्रहरी र एक हमलाकारीको समेत मृत्यु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् । एकजना हमलाकारीले आफु चढेको कार पदयात्रीहरु भएतिर जोत्दा वेष्टमिन्सटर पुलमा तीन जना मारिएका थिए । त्यसपछि ती हमलाकारीले संसद बाहिर एक प्रहरीलाई छुरा प्रहार गरे र लगत्तै ती हमलाकारीलाई गोली हानिएको थियो ।

फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलान्दले घटना दुखद भएको भन्दै बेलायती जनताले जे बेहोरेका छन् त्यो फ्रान्सले पनि महशुश गर्न सक्ने बताए ।हामी फ्रान्सको तर्फबाट ब्रिटेनलाई सम्पूर्ण साथ र समर्थन प्रकट गर्दछौं। ओलान्दले बताए । फ्रान्सको शहर नीसमा पनि गत वर्षको जुलाईमा एक पुरुषले लरी जोत्दा ८४ जनाको ज्यान गएको थियो । यस्तै जर्मन चान्सलर एंगेला मर्कलले बेलायती जनताप्रति समवेदना प्रकट गरेका छन् । त्यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समवेदना प्रकट गर्दै ब्रिटिश सुरक्षा फौजको प्रशंसा गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *