सिरियाको दमासकसमा सरकारी सेना र विद्रोही समुहबीच भीषण संघर्ष
एजेन्सी, ७ चैत्र । सिरियाली सरकारी सेना र विद्रोही समूहबिच भीषण संघर्ष भइरहेको छ । राजधानी दमासकसको बाहिरी क्षेत्रमा सरकारी सेना र विद्रोही समूहबिच संघर्ष भइरहेको बिबिसीले जनाएको छ ।
मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार सरकारी प्रतिरक्षा पंक्ति तोड्नु अघि विद्रोहीले जोबार जिल्लामा दुईवटा आत्मघात विस्फोट गराएका थिए । सेनाले यही घटनाको जवाफ स्वरुप कारबाही अभियान चलाएको हो । त्यहाँ सँर्घषका क्रममा गोप्य सुरुङ मार्गसमेत प्रयोग भएको छ ।
संघर्षमा गोलाबारुद तथा रकेटको प्रयोग भएको पर्यवेक्षकले जनाएका छन् । विद्रोही विरुद्ध सरकारी ३० भन्दा धेरै युद्ध विमान खटिएका छन् । त्यो क्षेत्रमा रहेका विद्रोहीलाई हटाउन संघर्ष गरिरहेको सेनाले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४