वेव सिरिज ‘आलु जस्तो लव’ को शुभ मुहूर्त सम्पन्न
काठमाडौं । देव धिमालको लेखन तथा निर्देशनमा बन्न लागेको वेव सिरिज ‘आलु जस्तो लव’ को एक कार्यक्रमको आयोजना गरि शुभ मुहूर्त गरिएको छ । फिल्म निर्माता र पुर्व चलचित्र बिकास बोर्डका अध्यक्ष राज कुमार राईको हातबाट दिप प्रजोलन गरि मुहूर्त गरिएको हो ।
सो वेव सिरिजको अहिले काठमाडौंका विभिन्न ठाउँमा छायाँकन भइरहेको छ । समाजका विभिन्न परिवेशलाई सो वेव सिरिजमा समावेश गरिने भएको छ । सो वेव सिरिजमा युवा वर्गमा रहेका युवा युवती बिचको प्रेमलाई समावेश गरेर आकर्षक रुपमा प्रस्तुत गरिएको वेव सिरिजका निर्माता हमित ठाकुरले बताए ।
कुष्ण केसीको कथा, बिदुर तिमल्सिनाको गीत, पुस्तकको संगीत संयोजन, देव धिमाल लेखन/निर्देशन, सबिना लामा श्रृङगार, प्रवेश राईको छायांकन, राहुल कोइरालको सह-छायांकन, विजय राज भुर्तेलको सम्पादन, अनिता सुवेदी धिमाल, मन्जु फुयालको निमार्ण सो वेव सिरिजमा हुने भएको छ ।
वेव सिरिजमा कलाकारहरु राज कुमार शाह, भिमसेन खतिवडा, दिवस नाथ, मनिश प्रितम निरौला, सबिना गहतराज, प्रियान्का श्रेष्ठ, पुनम परियार, सोनुया रन्जित, अक्बर थुप्रा लिम्बू, प्रियान्सी श्रेष्ठ, अमित ठाकुरको अभिनय देखिने निमार्ण पक्षले बताएको छ ।
प्रकाशित मितिः २०७८ असोज १९ मंगलबार
