स्थानीय तहसँग सम्बन्धी दुई विधेयक आज पारित हुने

भक्तपुर न्यूज

६ चैत २०७३ ४:५१

स्थानीय तहसँग सम्बन्धी दुई विधेयक आज पारित हुने

काठमाडौं, ६ चैत । आज दिउँसो १ बजे बस्ने व्यवस्थापिका संसदको बैठकले स्थानीय तहसँग सम्बन्धित महत्वपूर्ण दुई विधेयक पारित गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजको बैठकमा पेश गर्ने निर्वाचन क्षेत्र निर्धारण विधेयक र उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री कमल थापाले पेश गर्ने गाउँपालिका तथा नगरपालिकाको वडा निर्धारण विधेयक पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएका छ । कार्यसूची अनुसार दुवै विधेयक संसदमा सामान्य छलफल गरि पारित हुने संसद सचिवालयले जानकारी दिएको छ ।
यस्तै, आजको संसदले उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधीले पेश गर्ने पूर्व विशिष्ट पदाधिकारीलाई दिइने सेवा सुविधा सम्बन्धी विधेयक पारित हुनेछ । संसदले पूर्व पदाधिकारीको सुविधा सम्बन्धी विधेयक २०७३ सामान्य छलफल गरि फाष्टट्रयाकबाट पारित गर्न लागेको सचिवालयले जनाएको छ । यसैगरी, आजकै बैठकले प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक र सेवा सुविधा सम्बन्धी विधेयक तथा उच्च अदालत र जिल्ला अदालतका न्यायाधीशको पारिश्रमिक सेवा र सुविधाका अन्य शर्त सम्बन्धी विधेयकलाई समितिमा छलफलका लागि पठाइने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *