काठमाडौं । चौथो सिजनको एभरेस्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडियटर्सलाई १७८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन बनायो ।
उसका लागि सदुन वीराकोडीले अर्धशतीय पारी खेले । उनले ४१ बलमा पाँच छक्का र दुई चौकासहित ५८ रन बनाए । त्यस्तै, अजमतुल्लाह उमरजाईले ४२ र सुन्दीप जोराले ३८, ओशादा फर्नान्डोले २० रनको योगदान दिए ।
बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा अविनाश बोहराले दुई, धम्मिका प्रसाद, कृष्ण कार्की र आरिफ शेखले एकरएक विकेट लिए । जारी सिजनमा ललितपुरले यसअघि दुई खेलमा लगातार हारको सामना गरेको छ । भैरहवाले भने दुईमा एकमा जित र एक खेलमा अंक बाँडेको छ ।
प्रकाशित मितिः २०७८ असोज १४ बिहिबार
Comments