सिद्धु बने पञ्जावका मन्त्री
एजेन्सी ५ चैत । भारतका पूर्वक्रिकेटर नवोजित सिद्धु पञ्जावका मन्त्री बनेका छन्। भारतीय कंग्रेसबाट विधान सभामा चुनाव जितेका सिद्धुले शुक्रबार पञ्जावको स्थानीय, पर्यटन र संस्कृति मामिला मन्त्रीको सपथ लिएका छन्।
पछिल्लो समय सिद्धु सोनी टेलिभिजनमा प्रसारण हुने ‘द कपिल शर्मा सो’ मा पनि देखिँदै आएका छन्। उनले आफू मन्त्री भए पनि कपिल शर्मा सो नछोड्ने बताएका छन्। ‘म दिउँसो तीन बजेसम्म मन्त्री भएर काम गर्नेछु त्यसपछि मुम्बई उड्ने छु। अर्को दिन बिहान तीन बजेसम्म सुटिङ गर्ने छु अनि फेरि पञ्जाब फर्किनेछु’, सिद्धुले भने। सन् १९८३ भारतीय राष्ट्रिय क्रिकेट टिममा डेब्यु गरेका सिद्धुले १९९९ सन्यास लिएका थिए।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
