उकालो लाग्यो सुनको मूल्य , तोलाको कति पुग्यो ?
काठमाडौं । आइतबार स्थिर रहेको सुनको भाउ आज सोमबार भने उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइबारको तुलनामा आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेर कारोबार हुनेछ ।
यसअघि ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ८९ हजार ३०० रुपैयाँ पर्नेछ भने तेजावी सुनलाई ८८ हजार ८५० रुपैयाँ पर्नेछ । यता, चाँदी पनि तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा एक हजार १६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ असोज ११ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
