थापाको अध्यक्षतामा नेकपा (एस) सिपाडोल वडा कमिटी गठन

भक्तपुर न्यूज

१० असोज २०७८ ३:१८

थापाको अध्यक्षतामा नेकपा (एस) सिपाडोल वडा कमिटी गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीले भक्तपुरमा संगठन बिस्तारलाई तिब्रता दिएको छ ।

शंकर थापाको अध्यक्षतामा नेकपा एस सुर्यविनायक नगरपालिका–८ सिपाडोल वडा कमिटी गठन भएको छ । सिपाडोलमा सम्पन्न भेलाले थापाको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरेको हो । साथै भेलाले नगर कमिटीमा राख्ने ६ जनाको सिफारिश गरेको छ ।

जिल्ला कमिटी सदस्य दिलिप बस्नेतको अध्यक्षतामा भएको भेलामा जिल्ला अध्यक्ष श्याम बस्नेत, जिल्ला नेता अनिल श्रेष्ठ, युवा ईन्चार्ज दिपक थापा र छन्द निरौलाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रम संचालन नगर ईन्चार्ज निरब थापाले गरेका थिए भने स्वागत शंकर थापा र धन्यवाद ज्ञापन चन्द्र बहादुर तामाङ्गले गरेका थिए ।

कार्यक्रममा वडाका पुराना कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय