काठमाडौं, ४ चैत । लोक दोहरी गायीका निर्मला थापा मगरको नयाँ गीत “बासको झ्यागंमा चरिको बास” सार्वजनिक भएको छ । निर्मला र बहुचर्चित लोकदोहोरी गायक रामजी खांड मगरको संयुक्त स्वर रहेको उक्त गीतलाई आसीस म्यूजिकले बजारमा ल्याएको छ । बासको झ्यागंमा चरिको बासको म्यूजीक भिडियोमा बब्बु थापा र करिस्मा ढकाले अभिनय गरेका छन् ।
शिव थापा मगरको लय तथा शब्द सृजना भएको उक्त गीतको भिडियोलाई बब्बु थापाले निर्देशन गरेका छन् । छायांकन करण चैसिर, सम्पादन प्रविण भट्टले गरेको भिडियोको दृश्य निर्माण एकता फिल्मस् प्रा.लि. को रहेको छ ।
निर्मला थापा मगरको “बासको झ्यागंमा चरिको बास” लोक दोहरीगित सार्वजनिक (भिडियो)
0
Share.
Comments