आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लाेर खेल्दै

भक्तपुर न्यूज

८ असोज २०७८ ८:१९

आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लाेर खेल्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज रायल च्यालेञ्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् ।

खेल बेलुका पौने ८ बजे शारजाह क्रिकेट स्टेडियममा हुनेछ । चेन्नईले अहिलेसम्म खेलेका आठ खेलमा ६ मा जित र दुईमा हार बेहोरेको छ । उसको १२ अङ्क छ । आजको खेल जिते चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा उक्लने छ ।

८ खेलमा ५ मा जित र तीनमा हार बेहोरेको बेङ्ग्लोर १० अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मितिः २०७८ असोज ८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय