सिरीयामा भएको हवाई आक्रमणमा ४२ को मृत्यु
एजेन्सी, ४ चैत । सिरियामा भएको हवाई आक्रमणमा परी कम्तिमा ४२ जनाको मृत्यु भएको छ । घटनामा अन्य दर्जनौ घाइते भएका छन् । उत्तरी सिरियामा विद्रोहीको कब्जामा रहेको मस्जिदमा हवाई आक्रमण हुँदा उनीहरुकोे मृत्यु भएकोे विविसीले जनाएको छ ।
नमाजका लागि भेला भएका बेला मस्जिदमा आक्रमण भएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
संस्थाका अनुसार ज्यान गुमाउनेमा धेरैजसो सामान्य नागरिक रहेका छन् । आक्रमण कसले गर्यो भन्ने जानकारी भने खुलि नसकेको खबरमा उल्लेख छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १३:२४
एक तोला सुनको मूल्य दुई लाख नजिक
९ वैशाख २०८२ १७:१७