मतपत्र छपाईको काम अर्को हप्तादेखि सुरु हुदै

भक्तपुर न्यूज

४ चैत २०७३ ५:१५

मतपत्र छपाईको काम अर्को हप्तादेखि सुरु हुदै

काठमाडौं, ४ चैत । स्थानीय तहको निर्वाचनको लागि अर्को हप्तादेखि मतपत्र छपाईको काम सुरु हुने भएको छ ।
वैशाख ३१ गते हुने भनिएको निर्वाचनका लागि शनिबारदेखि नै मतपत्र छाप्ने योजना भएपनि आवश्यक तयारी नपुगेकाले आइतबार या सोमबारदेखि मतपत्र छपाईको काम सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार २०७० सालको संविधानसभा चुनावमा समानुपातिकतर्फ प्राप्त मतका आधारमा दलको मर्यादाक्रम तय गरिएको छ । यस अनुसार मतपत्रमा चुनाव चिन्ह राख्दा सुरुमा कांग्रेसको रुख, दोस्रोमा एमालेको सूर्य, तेस्रोमा माओवादी केन्द्रको गोलाकारभित्र हँसिया हथौडा र चौथोमा राप्रपाको गाई हुनेछ ।
यही क्रममा ३१ दलको चुनाव चिन्ह राखिनेछ । दलहरुको सकिएपछि स्वतन्त्र उम्मेद्वारको चुनाव चिन्ह राखिने आयोगले जनाएको छ । यस्तै आयोगले मतदाता नामावली टुंगो लगाएपछि परिचयपत्र छाप्ने भएको छ ।
यस्तै आयोगले आउँदो १० गते मतदान केन्द्रको टुंगो लगाउने तयारी गरेको छ । २० गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *