अबदेखि ट्रायलमा आफ्नै सवारीसाधन प्रयोग गर्न नपाइने

भक्तपुर न्यूज

६ असोज २०७८ १०:४३

अबदेखि ट्रायलमा आफ्नै सवारीसाधन प्रयोग गर्न नपाइने

काठमाडौं । यातायात व्यवस्था विभागले आफ्नै सवारीसाधन प्रयोग गरेर सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाइने व्यवस्था हटाएको छ । ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७’ लाई संशोधन गर्दै विभागले सवारी लाइसेन्सको प्रयोगात्मक परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था हटाएको हो ।

सरकारले २०७७ चैत १९ गते जारी गरेको कार्यविधिमा आफ्नै सवारीबाट ट्रायल दिन पाइने व्यवस्था थियो । योसँगै अबदेखि अबदेखि परीक्षार्थीहरूले यातायात व्यवस्था विभागका कार्यालयहरूका सवारी साधनबाट नै ट्रायल परीक्षा दिनुपर्नेछ ।

प्रकाशित मितिः २०७८ असोज ६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय