अस्पतालमै बिरामीद्वारा जलाएर नर्सको हत्या

भक्तपुर न्यूज

२ चैत २०७३ ५:४२

अस्पतालमै बिरामीद्वारा जलाएर नर्सको हत्या

एजेन्सी, २ चैत्र । इजरायलको तेल अभिभको दक्षिण होलोनस्थित अस्पतालकी एक नर्सलाई जिउँदै जलाएर हत्या गरिएको छ । ५६ वर्षे तोवा करारो नाम गरेकी नर्सको हत्या गर्ने त्यही अस्पतालका बिरामी रहेको बताइएको छ । ७० वर्षीय ती बिरामीले नर्सको शरीरमा ज्वलनशील पदार्थ फ्याकेर आगो लगाएका थिए ।
त्यसअघि ती दुईबीच विवाद भएको बताइएको छ । घटनापछि कार चढेर भागेका हत्यारालाई प्रहरीले गिरफ्तार गरेको छ । घटनाको विरोधमा इजरायली स्वास्थ्यकर्मीले आजबाट दुई दिने हड्ताल गर्ने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *