काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता अनमोल केसी अहिले फिल्म ‘एक्स ९’ को तयारीमा छन् । मुकुन्द भट्टको निर्देशनमा बन्ने यस फिल्ममा उनीसँगै अन्य दुई चर्चित अभिनेता पनि जोडिसकेका छन् ।
यिस फल्ममा अनमोल फरक अवतारमा देखिने तयारीमा छन् । दर्शकमाझ नयाँ तरिकाले प्रस्तुत हुनको लागि उनी अहिले मोटाउनमा नै व्यस्त छन् ।
फिल्मका लागि अनमोल २० केजी मोटाउनुपर्ने हुन्छ । उनका अनुसार उनी अहिले ७ केजी मोटाइसकेका छन् । अझै उनी १३ केजी मोटाउन बाकीँ नै छ । हालै परेको आफ्नो जन्मदिनमा अनमोलले चकलेटी अवतार धेरै भएकोले नयाँ तरिकाले प्रस्तुत हुने तयारीमा रहेको बताए ।
आउँदो फिल्म एक्स ९ मा उनीसँगै अभिनेता पुष्प खड्का र सौगात मल्ल पनि देखिदैछन् । फिल्मको छायांकन आउँदो जनवरीबाट नेपालसँगै यूरोप, आबुधाबी र क्यानडा लगायतका स्थानमा गरिने जनाइएको छ । दिनेश भट्ट कार्यकारी निर्माता रहेको यस फिल्म नेटफ्लिक्समा रिलिज गरिने बताइएको छ ।
प्रकाशित मितिः २०७८ असोज ०३ आइतबार
Comments