टेलिकमले ५१ प्रतिशत नगद लाभांश दिने
काठमाडौं, १ चैत । नेपाल टेलिकमले आफ्ना सेयरधनीलाई ५१ प्रतिशतको दरले नगद लाभांश दिने भएको छ । कम्पनीको नवौ साधरणसभाले मुनाफा मध्येबाट सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नगद लाभांश वितरण आजदेखि नै सुरु भएको कम्पनीले जनाएको छ । आर्थिक बर्ष ०७२ ७३ मा १३ दशमलब ६८ अर्ब खुद नाफा कमाएको नेपाल टेलिकमको सरकारी कोषमा मात्रै राजश्व योगदान ५२ दशमलब २७ प्रतिशत रहेको छ ।
नेपाल टेलिकमको अहिले १ दशमलब ४३ करोड जिएसएम र सिडिएमए प्रविधिमा आधारित मोबाईल प्रयोगकर्ता छन् । देशैभरीका सबै गाउपालिकाहरु (तत्कालीन गाउँ विकास समिति) मा यसले सेवा पुर्याईसकेको छ ।
इन्टरनेट बजारमा ५५ दशमलब १५ प्रतिशत बजार हिस्सा ओगटेको टेलिकमको ७६ लाख इन्टरनेट प्रयोगकर्ता रहेका छन् । यसैवर्ष देखि नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई चौंथो पुस्तामा आधारित उच्च गतिको इन्टरनेट सेवा दिन थालिसकेको छ । टेलिकमले १५ दशमलब ६५ प्रतिशतले आफ्ना ग्राहक बढेको पनि जनाएको छ ।