काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको ‘८.५५ ग्लोवल आइएमई बैंक डिबेन्चर २०८६/८७’ ऋणपत्रको ३० लाख इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
१० वर्षअवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६र६ महिनामा ब्याज प्रदान गरिन्छ । ऋणपत्रलाई रेटि¨ एजेन्सी इक्रा नेपाल लिमिटेडले इक्रा एनपी–आइआर एल रेटिङ्ग प्रदान गरेकोे छ । यस रेटि¨ले ऋणपत्रमा गरिएको लगानीमा जोखिम न्यून रहेको जनाउँदछ ।
प्रकाशित मितिः २०७८ असोज १ शुक्रबार
Comments