नेदरल्याण्ड र टर्कीबीचको तनाब अझै जारी

भक्तपुर न्यूज

१ चैत २०७३ ७:५४

नेदरल्याण्ड र टर्कीबीचको तनाब अझै जारी

एजेन्सी, १ चैत । नेदरल्याण्डसँगको कूटनीतिक तनाब बढिरहेकाबेला टर्कीले डच उपप्रधानमन्त्री र डच राजदूतलाई अंकरा फर्कन नदिने घोषणा गरेको छ । टर्कीलाई राष्ट्रपतिको शक्ति बढाउने विषयमा अप्रिल १६ मा हुन लागेको जनमत संग्रहलाई लिएर यूरोपका विभिन्न मुलुकले र्याली गर्न रोक लगाएपछि उसले नेदरल्याण्डसँगको उच्च तहको राजनीतिक वार्ता पनि स्थगित गरेको छ । नेदरल्याण्डले भने टर्कीमा रहेका आफ्ना नागरिकलाई सावधान रहन सूचित गरेको छ ।
जर्मनी, अष्ट्रिया, स्वीट्जरल्याण्डले पनि र्यालीमा रोक लगाएका छन् । तर फ्रान्सले भने र्याली अगाडि बढाउन दिने जनाएको छ ।
टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानर्ले यालीमा रोक लगाउने कार्यलाई नाजीवादको अवशेष र फाँसीवादी भनी आरोप लगाएका छन् । आइतबारमात्र नेदरल्याण्डले टर्कीस मन्त्रीलाई रोट्रममा सम्बोधन गर्न रोक लगापछि त्यहाँ व्यापक झडप भएको थियो । नेदरल्याण्डमा दुई दिन पछि आमचुनाव हुँदै छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *