सेनाले माग्यो ५० मेगावाटको जलविद्युत् आयोजना

भक्तपुर न्यूज

१ चैत २०७३ ६:३२

  सेनाले माग्यो ५० मेगावाटको जलविद्युत् आयोजना
काठमाडौं १ चैत । नेपाली सेनाले ५० मेगावाटको दूधखोला जलविद्युत आयोजना निर्माणमा चासो देखाएको छ । बजेट भाषणमा नै रोल्पाको १२.२५ मेगावाटको मादीखोला जलविद्युत आयोजना निर्माणको जिम्मा सेनालाई दिने घोषणा गरिएको थियो । तर, अर्थ मन्त्रालयले सहमति नदिएपछि सेनाले चार गुणा ठूलो दूधखोला जलविद्युत आयोजना निर्माणमा दाबी गरेको छ ।

जंगी अड्डाले रक्षा मन्त्रालयमार्फत विद्युत विकास विभागलाई पत्र लेख्दै २५ देखि ५० मेगावाट क्षमताको आयोजना निर्माण जिम्मा दिन माग गरेको छ । अधिकारीहरुका अनुसार सेनाको चासो मनाङको ठोचेमा प्रस्तावित दूधखोला आयोजनामा देेखिएको छ । सरकारले सर्भे लाइसेन्स दिए दूधखोलालाई सेनाको पहिलो आयोजना रुपमा अघि बढाउने गृहकार्य गरिएको छ ।

दूधखोलाबाट ५० मेगावाट बिजुली उत्पादन गर्ने भन्दै हिमालयन ऊर्जा विकास कम्पनीले सर्भे लाइसेन्सका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ । सीता हाइड्रोपावर कम्पनीले २५ मेगावाट बिजुली निकाल्ने गरी सर्भे अनुमति मागेको छ । तर, यो खोलाका लागि अध्ययन अनुमति पत्र अहिलेसम्म जारी गरिएको छैन । अब सेनाले पनि यही आयोजनामा चासो देखाएको छ । सेनाका प्रवक्ता रामनाथ ढुंगानाले जलविद्युत आयोजना निर्माणको काम दिए त्यसलाई पनि पूरा गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *