काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एसी मिलानलाई हराएको छ । बुधबार राति लिभरपुलले सिरि ए क्लब एसी मिलानलाई ३-२ गोल अन्तरले हराएको हो ।
खेलमा अग्रता लिभरपुलले फिकायो तोमोरीको आत्मघाति गोलबाट लिएको थियो । खेलको १४ औं मिनेटमा लिभरपुलले अग्रता दोब्बर बनाउने मौका गुमायो । मोहमद सलाहा पेनाल्टीमा गोल गर्न चुकेका थिए ।
एन्टी रेबिक र ब्राहिम डियाजुले लगातार दुई गोल गर्दै मिलान क्लबलाई पहिलो हाफमा २-१ ले अघि बढाएका थिए । तर दोस्रो हाफमा लिभरपुल खेलमा फर्किएको थियो । सलाहाले गोल गर्दै ४९ औं मिनेटमा खेल बराबरी गरेका थिए । जोर्डन हेन्डरसनले ६९ औं मिनेटमा लिभरपुलका लागि विजयी गोल गरेका थिए ।
डिसेम्बर यता हेन्डरसनले पहिलो पटक लिभरपुलका लागि गोल गरेका हुन् ।
समूह बीको अर्को खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड र एफसी पोर्टोले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन् । एट्लेटिकोले घरेलु मैदानमा पोर्चुगलको पोर्टोसंग निराशाजनक बराबरी खेल्दै अंक बाँडेको हो ।
समूहमा लिभरपुलले ३ अंक जोडेको छ । एट्लेटिको र पोर्टोको समान १ अंक छ । मिलान क्लब अंक विहिन हुँदै पुछारमा छ । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र ३१ बिहिबार
Comments