राजनीतिक भेटघाटका लागि भट्टराई दिल्ली जाँदै

भक्तपुर न्यूज

१ चैत २०७३ ६:००

राजनीतिक भेटघाटका लागि भट्टराई दिल्ली जाँदै

काठमाडौं १ चैत । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई विभिन्न कार्यक्रममा सहभागी हुन भारत जाने भएका छन्। मंगलबार दिउँसो ३:३० बजे उनी दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ। इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने काउन्टर टेरोरिज्म कन्फरेन्स’मा (१४–१६ मार्च) १५ मार्चमा  भट्टराईले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्नेछन्। त्यस्तै १९ मार्चमा उनी नयाँ शक्ति पार्टी, नेपालको प्रवास समितिले गोवामा आयोजना गरेको नेपालीहरुसँगको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा सहभागी हुनेछन्। त्यसैगरी उनले २० मार्चमा पार्टीको आयोजनामा हुने दिल्लीमा रहेका नेपालीहरुसँग भेटघाट तथा अन्तरक्रिया गर्नेछन्।

साथै उनले दिल्लीमा रहँदा भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्नेछन् । उनी २१ मार्च बिहान नेपाल फर्कनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *