आमसभा बिथोल्ने मोर्चाको प्रयास
काठमाडौं १ चैत । नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आज नेपालगन्जमा हुने आमसभामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले अवरोधको प्रयास गरेका छन् ।
उनीहरुले सोनपुर र उढरापुरमा कार्यकर्ता बोक्न गएका सवारीलाई रोकेका छन् । एमालेको सभाविरुद्ध मोर्चाले बन्दसमेत आह्वान गरेको छ । सप्तरीमा एमालेको सभा बिथोल्नेक्रममा भएको झडपमा पाँच जनाको मृत्यु भएकाले नेपालगन्जमा सुरक्षा कडा पारिएको छ । ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
मोर्चाले अबरोधको प्रयास गरेपछि नेपालगन्जको रामलीला मैदानमा आमसभाको तयारी गरे पनि एमालेले सडक डिभिजन कार्यालयमा सारेको जनाएको छ । सभामा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने तय भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६