भक्तपुरको राधे राधेमा मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु
भक्तपुर १ चैत । भक्तपुरको राधेराधे नजिक मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
काठामाडौं बाट भक्तपुर आउँदै गरेको बा ७३ प ५३३७ नं को मोटरसाईकले राधे रोध नजिक पैदल यात्रुलाई ठक्कर दिँदा चालक २५ बषिया साजन भुजेलको मृत्यु भएको हो ।
मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिएपछि सर्लाहि हरिवन घर भई हाल भक्तपुर दधिकोट हर्ष चोक बस्दै आएका चालक भुजेलको मध्यपुर अस्पतालमा उपचार हुन नसकेपछि नर्भिक अस्पताल लाँदै गदा बाटोमै मृत्यु भएको प्रहरी बृत थिमिका प्रमुख श्याम बाबु ओलियाले जानकारी दिए ।
उनले पैदल यात्रु ४५ बर्षिया लुच्छें माया धौबञ्जारको मध्यपुर अस्पतालमा उपचार भईरहेको र उनी खतरामुक्त रहेको जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
