काठमाडौं । करिम बेन्जिमाको ह्याट्रिकमा रियल मड्रिडले शानदार जित निकालेको छ ।
आईतबार राति रियल मड्रिडले घरेलु मैदानमा सेल्टा भिगोलाई ५-२ गोल अन्तरले हरायो । खेलमा अग्रता पाहुना टोली सेल्टा भिगोले चौथो मिनेटमा मिना लोरेन्जोको गोलमा लिएको थियो ।
करिम बेन्जिमाले २४ औं मिनेटमा रियललाई बराबरीमा ल्याएका थिए । फ्रेन्को सर्विकले ३१ औं मिनेटमा पुन पाहुना टोलीलाई पुन अग्रता दिलाएका थिए । बेन्जिमाले दोस्रो हाफको पहिलो मिनेटमै गोल गर्दै रियललाई पुन बराबरीमा ल्याए ।
भिनिसियस जुनियरले ५४ औं मिनेटमा रियललाई अग्रता दिलाउने काम गरे । उनले बेन्जिमाकै पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।
एडुआर्डो कैमाविङ्गाले ७२ औं मिनेटमा रियलका लागि चौथो गोल गरे । खेल सकिन तीन मिनेट अघि बेन्जिमाले ह्याट्रिक पुरा गरेका थिए ।
रंगशाला पुनर्निमाणको काम अघि बढ्दा रियलको वर्नवेउमा खेल हुन पाएको थिएन । रंगशाला बनेपछि करिब ३० हजार दर्शक सहित रियलले सेल्टा भिगोविरुद्ध वर्नवेउमा आईतबार राति खेलेको हो ।
प्राप्त जितले रियललाई तालिकाको शीर्ष स्थानमा पुर्याएको छ । सेल्टा भिगो १ अंक सहित रेलिगेशन जोनमा छ । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २८ सोमबार
Comments