कपिलवस्तु र दाङमा सभा हुँदै

भक्तपुर न्यूज

३० फागुन २०७३ ५:३०

कपिलवस्तु र दाङमा सभा  हुँदै

काठमाडौं ३० फागुन । नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत आज कपिलवस्तु र दाङमा सभा हुँदैछन् । एमालेले आज कपिलवस्तुको जितपुर चार नम्बरमा र दिउँसो १ दाङको लमहीमा सभा गर्ने जनाएको छ । दुवै कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली लगायत शीर्ष नेताले सम्बोधन गर्नु हुने छ ।

दुवै ठाउँमा सभा सकेर नेता कार्यकर्ताको ¥याली आज बाँकेको कोहलपुरमा बास बस्ने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिP । सप्तरी घटनापछि प्रदेश नम्बर दुईका सम्पूर्ण कार्यक्रम स्थगित गरी हेटौडाबाट पुनस् अभियान थालेको हो ।

स्थानीय तहको चुनाव संविधान कार्यान्वयन लगायत विषयमा जानकारी दिन एमालेले मेची महाकाली अभियान चलाइरहेको जनाएको छ । कार्यकर्ताको सुझाव अनुसार आगामी दिनमा थप रणनीति बनाउने एमालेले जनाएको छ । गत २१ गते काँकडभिट्टाबाट सुरु भएको एमालेको अभियान कञ्चनपुर हुँदै सुर्खेतमा पुगेर सकिने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *