प्रितम र जिग्मेको स्वरमा ‘हाम्रो माया’ सार्वजनिक

भक्तपुर न्यूज

२६ भदौ २०७८ १०:५१

प्रितम र जिग्मेको स्वरमा ‘हाम्रो माया’ सार्वजनिक

काठमाडौं । गीतकार तथा निर्देशक दर्पन राईद्वारा लिखित तथा निर्देशित गीत ‘हाम्रो माया’ सार्वजनिक भएको छ । एमएमएस इन्टरटेनमेन्टमार्फत् सार्वजनिक भएको गीतमा गायक प्रितम आचार्य र जिग्मे छ्योकी घिसिङको स्वर रहेको छ भने संगीत भने अजय कार्कीको संगीत रहेको छ ।

भारतीय रियालिटी शो सारेगमपमा सेकेण्ड रनरअप भएका आचार्य र ‘तिम्ले बाटो फे–यौ अरे’को किड भर्सन गाएर चर्चामा आएकी घिसिङले नै यस गीतको भिडियोमा मोडलिङ गरेका छन् । ‘तिम्ले बाटो फे–यौ अरे’ गीत पनि स्वयं राईकै रहेको छ ।

विनय कार्कीको मिक्सिङ रहेको गीतको रेकर्डिङ ए वान म्युजिसियनमा रेकर्डिङ गरिएको हो । अनिल के मानन्धरले खिचेको भिडियोको एडिटिङ मनोज कार्कीले गरेका हुन् ।

प्रकाशित मितिः २०७८ भदौ २६ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय