ढुक्कले चुनावमा लागौंः कमल थापा
काठमाडौं २९ फागुन । उपप्रधानमन्त्री कमल थापाले सरकारमा राप्रपाको सहभागिताले स्थानीय निर्वाचन सुनिश्चित भइसकेकाले ढुक्कले चुनावमा लाग्न आग्रह गरेका छन् ।
निर्बाचनमा सबैको सहभागीताको निमित्त हरसम्भब प्रयास गरिने समेत उनले बताए । राष्ट्रिय जिम्मेवारीलाई बोध गर्दै चुनाबलाई सुनिश्चित गर्न आफूहरु सरकारमा सहभागी भएको उनले प्रष्ट पारे ।
स्थिरता, चुनाब र मुलुकको बृहत्तर हितलाई केन्ऽमा राख्दै सरकार परिबर्तन गरी मुलुकलाई अस्थिरतामा धकेल्न होइन, निर्बाचनलाई सुनिश्चित गर्नु आजको आबस्यकता भएकोसमेत उनले बताए । राप्रपा काठमाडौं महानगर समितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री थापाले सत्ताको सुख सुबिधाको निमित्त नभई मुलुकमा बिधमान संकटको निकासमा सकारात्मक भुमिका निर्बाह गर्न सरकारमा सहभागी भएको बिचार ब्यक्त गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:०६
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
३० जेठ २०८२ ८:१७