काठमाडौंका पम्पमा फेरि तेल अभाव, आयल निगम भन्छ-नआत्तिनुस्

भक्तपुर न्यूज

२६ फागुन २०७३ ८:३३

काठमाडौंका पम्पमा फेरि तेल अभाव, आयल निगम भन्छ-नआत्तिनुस्

काठमाडौं, २६ फागुन । काठमाडौं उपत्यकामा फेरि तेलको अभाव सुरु भएको छ । धेरै पम्पहरुमा तेल वितरण भएको छैन भने वितरण भइरहेका पम्पमा लामो लाइन देखिएको छ । नेपाल आयल निगामले भने उपभोक्तालाई नआत्तिन आग्रह गर्दै तेल आपूर्तिमा कुनै समस्या नआएको बताएको छ । सोमबार सप्तरी भएको घटनापछि तराईका जिल्लामा तनावको वातावरण छ । मधेसी मोर्चाले गरेको बिरोध प्रदशर्नको असर तेल आपूर्तिमा नपरेपनि माग भने ह्वात्तै वृद्धि भएको छ ।

तराईमा आन्दोलन चर्किएपछि तेल अभानव चर्किने आशंकामा धेरै उपभोक्ता आफ्नो सावरीमा ट्यांकभरि तेल भर्न लागेका छन् । निगमले नियमित जस्तै तेल बजारमा पठाइरहेको दावी गरेपनि एक्कासी माग बढ्दा आपूर्ति प्रभावित भएको छ । तरार्इको तनावले इन्धन आपूर्तिमा अहिले कुनै समस्या छैन । आज पनि एक हजार किलोलिटर पेट्रोल लोड भएर आउँदै गएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले भने । उनले आज मात्रै ८ लाख लिटर पेट्रोल र ९ लाख ५० लिटर डिजेल बजारमा पठाइएको प्रवक्ता पोखरेलले बताए । हिजो तेल बजार नपाएका कारण पनि आज पम्पमा लाइन देखिएको हो । आजै सबै पम्पहरुबाट तेल वितरण सुरु हुने निगमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *