काठमाडौं । फ्रान्सका पूर्व डिफेन्डर जिन पिएरे एडम्सको निधन भएको छ ।
सेन्टर ब्याक एडम्सको ७३ वर्षको उमेरमा निधन भएको हो । एडम्स ३९ वर्ष यता कोमा मा रहेका थिए ।
सन् १९८२ को मार्चमा उनको घुँडाको शल्यक्रिया गरिएको थियो । त्यसपछि उनको चेतना फिरेको थिएन । सेनेगलमा जन्मिएका एडम्सले फ्रान्सका लागि २२ खेल खेलेका थिए ।
यसरी फ्रेन्च क्लब निसका लागि १ सय ४० भन्दा बढी खेल खेलेका थिए ।
एडम्सले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट समेत खेलेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र २२ मंगलबार
Comments