मोर्चाका कार्यकर्ताद्वारा प्रमुख निर्वाचन आयुक्त डा. यादवको घरमा तोडफोड

भक्तपुर न्यूज

२५ फागुन २०७३ ७:२३

मोर्चाका कार्यकर्ताद्वारा प्रमुख निर्वाचन आयुक्त डा. यादवको घरमा तोडफोड

सप्तरी, २५ फागुन । मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रमुख निर्वाचन अधिकृत डा. अयोधिप्रसाद यादव र एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलको घरमा ढुंगामुढा र तोडफोड गरेका छन् ।
नाराबाजी र जुलुस गर्दै आएका मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहान १० बजे प्रमुख निर्वाचन अधिकृत डा. यादव र प्याकुरेलको घरमा ढुंगामुढा र तोडफोड गरेका हुन् । मोर्चाको ढुंगामुढाले केन्द्रीय सदस्य प्याकुरेलको घरको सिसा पुmटेको छ ।
यस्तै, मोर्चाका कार्यकर्ताहरुले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा. डा. कामानन्द देवले सञ्चालन गरेको लिटिल फ्लावर सेकेन्डरी स्कुलको सिसा फुटाइदिएका छन् ।
यसैगरी मोर्चाको आक्रोसित भीडले निर्वाचन आयोगको कार्यालय सप्तरीमा पनि तोडफोड गरेका छन् भने महिला बालबालिका तथा जेष्ठ नागरिक समितिका सभापति रञ्जु झाको सम्पर्क कार्यालय राजविराजमा पनि तोडफोड गरेका छन् । झाको सम्पर्क कार्यालयमा पसेर तोडफोड गर्नुका साथै केही कागजातहरु नियन्त्रणमा लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *