सुनचाँदीको भाउ घट्यो
काठमाडौं, २५ फागुन । सुनचाँदीको भाउ आज पनि घटेको छ । सुन भाउ आज तोलामा ३ सय तथा चाँदी ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुन तोलाको ५४ हजार ७ सय रुपैयाँमा झरेको छ । हिजो सुन तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँले घटेर ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
