शहनाजसँग विवाह गर्ने तयारीमा थिए सिद्धार्थ शुक्ला !

भक्तपुर न्यूज

१८ भदौ २०७८ १२:१८

शहनाजसँग विवाह गर्ने तयारीमा थिए सिद्धार्थ शुक्ला !

काठमाडौं । बिहीबार दिवंगत बलिउड अभिनेता सिद्धार्थ शुक्लाको शुक्रबार अन्तिम संस्कार गरिएको छ । ४० वर्षे अभिनेताको हृदयघातका कारण घरमा नै निधन भएको थियो ।

उनको निधनपछि बलिउडमात्र होइन, उनका फ्यान पनि शोकमा छन् । सिद्धार्थ लामो समयदेखि शहनाज गिलको प्रेममा थिए । शहनाज सिद्धार्थको घरमा बस्दै आएकी थिइन् ।

टेलिभिजन शो ‘बिग बोस’का प्रतिनिधि अबु मलिकले उनीहरु आफ्नो प्रेमलाई विवाहमा परिणत गर्ने तयारीमा रहेको खुलाए । उनका अनुसार सिद्धार्थले यसै वर्षको डिसेम्बरमा शहनाजसँग विवाह गर्ने योजना बनाएका थिए ।

उनीहरुको विवाहका लागि दुवैतर्फका परिवारले तयारी सुरु गरिसकेका थिए । उनीहरुले मुम्बईको होटलमा कोठा बुक गर्नेदेखि लिएर विवाहका लागि चाहिने बेङक्विट तथा अन्य सामाग्री बुक गर्न लागेका थिए । सिद्धार्थ र शहनाज आफ्नो विवाहको कार्यक्रमलाई तीन दिनमा पुरा गर्ने योजनामा थिए । एजेन्सी

प्रकाशित मितिः २०७८ भदौ १८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय