नारी दिवसका अवसरमा टेलिकमले ल्यायो नयाँ अफर

भक्तपुर न्यूज

२४ फागुन २०७३ ११:०२

नारी दिवसका अवसरमा टेलिकमले ल्यायो नयाँ अफर

काठमाडौं, २४ फागुन । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विभिन्न योजना ल्याएको छ । टेलिकमले दिवसका अवसरमा आफ्ना उपभोक्ताका लागि विभिन्न सेवामा सहुलियत दिन लागेको हो ।
योजना अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । बुधबारदेखि तीन महिना कायम हुने योजना अन्तर्गत फेसबुक प्याकेजमा २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १ सय एमबी डाटा उपलब्ध गराइएको छ ।
त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १ सय रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५ सय एमबी र बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म १ सय एमबी डाटा सात दिनसम्म उपभोग गर्न पाइने टेलिकमले जनाएको छ ।
नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म ५ सय एमबी सात दिनसम्म र ९० रुपैयाँमा राति १० बजेदेखि बिहान ६ बजेसम्म १२ सय एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने टेलिकमले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *