चितवनका दुई होटलमा आगलागी

भक्तपुर न्यूज

२४ फागुन २०७३ ८:१६

चितवनका दुई होटलमा आगलागी

चितवन, २४ फागुन । पूर्वी चितवनको कालिका नगरपालिका– ९ सम्फर्‍याङमा आज बिहान दुई होटलमा आगलागी हुँदा १५ लाख बराबरको क्षति भएको छ ।
जुटपानी प्रहरी चौकीका अनुसार बिहान ८ बजे ठाकुर चेपाङका घरमा भाडा गरी होटल सञ्चालन गर्दै आएकी राधिका सारु मगरको होटलबाट सल्किएको आगोले सो होटल र सोही घरमा रहेको रामदेवी राईको होटलमा समेत आगो लागेको हो ।
आगलागीबाट होटल र घर पूरै क्षतिग्रस्त भएको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विशालकुमार बानियाँले बताए । उनका अनुसार आगलागीबाट होटलमा रहेका नगद, खाद्यान्न, लत्ताकपडालगायत घरसहित जलेर नष्ट भएको छ ।
स्थानीयवासी र प्रहरीले दुई घन्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए । होटलमा खाना बनाउने क्रममा सल्किएको आगोले ठूलो रुप लिँदा आगलागी हुन पुगेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय