राजविजबिराजमा कर्फ्यु आदेश जारी

भक्तपुर न्यूज

२४ फागुन २०७३ ८:०६

राजविजबिराजमा कर्फ्यु आदेश जारी

काठमाडौं २४ फागुन ।  सप्तरी प्रशासनले सदरमुकाम राजविजबिराजमा कर्फ्यु आदेश जारी गरेको छ । प्रहरीको गोली लागेर तीन कार्यकर्ताको मृत्यु भएपछि मधेश बन्दको आहृवान गरेको मधेसी मोर्चाको आन्दोलन  उग्र बन्दै गएपछि उक्त क्षेत्रमा कर्फ्यु घोषणा गरिएको हो ।

अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र त्यस आसपासका आन्दोलन प्रभावित क्षेत्रमा कर्फ्यु लगाएको हो । आक्रोशित मोर्चाका कार्यकर्ताहरुले सरकारी कार्यालय तोडफोड र आगजानी तीव्र बनाएपछि परिस्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत जनक कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार हिजोबाट सुरु भएको तनाव आज दिउँसो झनै जटील बन्दै गएपछि कर्फ्यु आदेश जारी गर्नुपरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *