६ देशका नागरिकलाई नयाँ भिसा नदिन ट्रम्पको आदेश
एजेन्सी फागुन २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल्य रहेका ६ देशका नागरिकलाई नयाँ भिसा नदिने आदेश जारी गरेका छन् । ट्रम्पले सुडान, सिरिया, इरान, लिबिया, सोमालिया र यमनका नागरिकलाई नयाँ भिसा नदिने आदेशमा हस्ताक्षर गरेको विविसीले जनाएको छ ।
तर यसअघि भिसा वा ग्रिन कार्ड लिइसकेका ती देशका नागरिकमाथि भने रोक लगाइएको छैन । भिसा र ग्रीन कार्ड भएकाहरु अमेरिका जान पाउने छन् । गएको जनवरीमा जारी गरिएका आदेशमा यो सूचीमा इराकलाई राखिएको भए पनि अहिले भने राखिएको छैन । राष्ट्रपति ट्रम्पले जारी गरेको नयाँ आदेश यही मार्च १६ तारिखदेखि लागू हुनेछ । यो आदेश ९० दिनका लागि जारी गरिएको हो । यस अघि मुस्लिम बाहुल्य रहेका राष्ट्रका नागरिकलाई रोक लगाएको भन्दै ट्रम्पको निर्देशनको सर्वत्र विरोध भएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १३:२४
एक तोला सुनको मूल्य दुई लाख नजिक
९ वैशाख २०८२ १७:१७