मध्यपश्चिम विश्वविद्यालयका वार्षिक परीक्षा भदौ २८ गतेदेखि हुने

भक्तपुर न्यूज

१४ भदौ २०७८ ५:५४

मध्यपश्चिम विश्वविद्यालयका वार्षिक परीक्षा भदौ २८ गतेदेखि हुने

सुर्खेत । मध्यपश्चिम विश्व विद्यालयले विभिन्न तहका वार्षिक र मौका परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ। कार्यतालिका अनुसार विश्वविद्यालयले वीएसी, वीएससी सीएसआइटी, वीए, वीएड, वीवीएको आठौं सेमेष्टरका मौका परीक्षा, सेमेष्ट नै ग्याभ भएका एमवीएका पहिलो र तेस्रो सेमेष्टर वार्षिक परीक्षा लिन लागेको हो।

यस्तै वीएड, एमएड, वीवीए, वीएचएम, वीटीटीएम वीवीएस, वीएमसी, एमवीए, वीए, एमए, वीइ सीभील र कम्प्यूटर होइड्रोका दोस्रो, चौथो र छैटौं सेमेष्टरका वार्षिक परीक्षा तालिका सार्वजनिक गरिएको विश्व विद्यालयले जनाएको छ।

विद्यार्थीहरूले अनलाइन वा भौतिक उपस्थितिमध्ये कुनै एउटा माध्यम रोजेर परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयका प्रमुख डा। आनन्दप्रसाद सुवेदीले जानकारी दिए। तर, प्रयोगात्मक पत्र, प्रतिवेदन लेखन, ट्रम पेपरलगायत विषयको परीक्षा लिखित परीक्षा सकिएको १५ दिनभित्र परीक्षा नियन्तण कार्यालयमा पुग्ने गरी सम्बन्धित क्याम्पसले कार्यतालिका बनाएर परीक्षा लिनेछन्।

प्रकाशित मितिः २०७८ भदौ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *