काठमाडौं । इटालिय सिरी ‘ए’ मा युभेन्ट्स नवप्रवेशी इम्पोलीसँग स्तब्ध बनेको छ । घरेलु मैदानमा भएको खेलमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोबिना पहिलो पटक मैदान उत्रिएको युभेन्ट्स इम्पोलीसँग १–० ले स्तब्ध बनेको हो ।
इम्पोलीका लागि लियोनार्दो मानकुसोले निर्णायक गोल गरे । उनले २१ औं मिनेटमा गोल गरेका थिए । शुक्रबार राति इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युभेन्ट्ससँग रोनाल्डोको विषयमा सम्झौता भएको सार्वजनिक गरेको थियो ।
जितपछि इम्पोली २ खेलबाट ३ अंक जोड्दै ११ औं स्थानमा रहँदा युभेन्ट्स २ खेलबाट १ अंक जोडेर १३ औं स्थानमा रहेको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ भाद्र १३ आइतबार
Comments