बलिउड चलचित्र ‘चेहरे’ आजदेखि थिएटरमा रिलिज

भक्तपुर न्यूज

११ भदौ २०७८ ९:२९

बलिउड चलचित्र ‘चेहरे’ आजदेखि थिएटरमा रिलिज

काठमाडौं । बलिउड चलचित्र ‘चेहरे’ आज शुक्रबारदेखि थिएटरमा रिलिज गरिएको छ। अप्रिल ९ मा रिलिज हुने भनिएको चलचित्र कोरोना महामारीका कारण केही ढिलो गरी रिलिज गरिएको हो।

महामारीका कारण चलचित्रहरू डिजिटल माध्यममा सरिरहेका वेला ‘चेहरे’ थिएटरमा नै रिलिज गरिएको हो। यसअघि अक्षय कुमार अभिनीत ‘बेल बटम’ पनि थिएटरमा नै रिलिज भएको थियो। यद्यपि, चलचित्रले अपेक्षाकृत राम्रो व्यापार भने गरिरहेको छैन।

‘चेहरे’मा अमिताभ बच्चन, इमरान हासमी, रिया चक्रवर्तीलगायतले अभिनय गरेका छन्। अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणका कारण विवादमा तानिएकी रियाको करिअरमा यो चलचित्रलाई निकै महत्वपूर्ण मानिएको छ।

यो प्रकरणपछि सामाजिक सञ्जालमा रियालाई बहिष्कार गर्नुपर्ने माग भएको थियो। चलचित्रलाई नोक्सान हुनबाट जोगाउन निर्माण पक्षले उनलाई प्रमोसनबाट बाहिरै राखेको थियो। चलचित्रको मुख्य भूमिकामा रहेकी रिया न प्रमोसनमा कतै देखिइन् न त सामाजिक सञ्जालमा कुनै पोस्ट गरिन्। चलचित्र निर्माण पक्षले उनलाई चलचित्रको पोस्टरमा समेत स्थान दिएका थिएनन्।

प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय