कैलालीमा बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा

भक्तपुर न्यूज

११ भदौ २०७८ ८:१४

कैलालीमा बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा

धनगढी । लगातारका वर्षापछि कैलालीको पथरैया नदीमा आएको बाढी बस्तीमा पस्दा १ सय ३८ घर डुबानमा परेका छन् । पुर्वी कैलालीमा पर्ने जानकी गाउँपालिका-४ र ७ का एक सय ३८ घर डुबानमा परेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

उनका अनुसार वडा नम्बर-४ का ८० र वडा नम्बर-७ का ५८ घर डुबानमा परेका हुन् । डुबानमा परेका घरभित्र रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ सार्ने कामका लागि सशस्त्र प्रहरीको टोली उद्दारमा खटिएको जोशीले बताए ।

कर्णाली नदीको बहावले टीकापुर नगरपालिका-५ को शाहीपुर क्षेत्रमा कटान गर्न थालेपछि तटीय क्षेत्रका बासिन्दालाई सजग रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । नदीले कटान गरिरहेको क्षेत्रमा थप कटान गर्न नदिन तटबन्ध गर्ने काम समेत भइरहेको छ।

प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय