जुम्लामा मेला हेर्न गएकी एक युवतीमाथि सामुहिक बलात्कार , दुई जना पक्राउ

भक्तपुर न्यूज

११ भदौ २०७८ ७:२०

जुम्लामा मेला हेर्न गएकी एक युवतीमाथि सामुहिक बलात्कार , दुई जना पक्राउ

सुर्खेत । जुम्लामा मेला हेर्न गएकी एक युवतीमाथि सामुहिक बलात्कार भएको छ । जुम्लाको पाल्ताडाँडामा रहेको जग्न्नाथ मन्दिरमा मेला हेर्न गएकी ती युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्दननाथ नगरापालिका–९ का २० वर्षीय विशाल सार्की र सोही ठाउँका २० वर्षीय कमल सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

‘बलात्कार गर्नुअघि मोबाइल खोसेछन्, पछि फिर्ता दिने बहानामा पाल्ताडाँडामा लिएर दुवै जनाले सामुहिक बलात्कार गरेको पीडितले दिएको उजूरीमा छ,’ डिएसपी थापाले भने, ‘पीडितले दिएको जाहेरीको आधारमा दुवै जनालाई पक्राउ गरेर अदालतबाट म्याद थप गरेर अनुसन्धान शुरु गरेका छौं ।’

त्यसैगरी बोल्न र सुन्न नसक्ने जुम्लाकै ४५ वर्षीय शारिरीक अशक्त महिलालाई जवरजस्ती करणी गरेको आरोपमा तीला गपालिका–८ का २८ वर्षीय जीवन रावत पक्राउ परेका छन् । भैंसीलाई घास हाल्न भनेर गएकी पीडित महिलालाई डर त्रास देखाएर बलात्कार गरेको खुल्न आएको थापाले बताए । दुवै घटनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपि थापाले जानकारी दिए ।

प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय