ओटीटी प्ल्याटफर्ममा रिलिज हुँदै धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’

भक्तपुर न्यूज

११ भदौ २०७८ ६:५०

ओटीटी प्ल्याटफर्ममा रिलिज हुँदै धुर्मुस-सुन्तलीको ‘म त मर्छु कि क्या हो’

काठमाडौं । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ सिनेमा आज (शुक्रबार ) बाट ओटिटी (ओभर द टप) माध्यममा प्रदर्शनमा आएको छ। धुर्मुस–सुन्तलीको जोडीले लेखन तथा निर्देशन गरेको यो सिनेमा आजबाट ओहो मुभिज एपमार्फत प्रदर्शनमा आएको छ।

कोरोनाका कारण सिनेमा हलहरु बन्द रहँदा प्रदर्शन नभएका सिनेमाहरु इन्टरनेटको माध्यमबाट निश्चित रकम तिरेर वा सदस्य बनेर हेर्न मिल्ने एप (ओटिटी)मार्फत प्रदर्शनमा आइरहेका छन्। नेपालमा निर्देशकहरुले आफ्नो सिनेमा यो माध्यमबाट प्रदर्शन गर्ने जोखिम नलिएको बेला धुर्मुस–सुन्तलीको समूहले भने यो जोखिम उठाएको छ।

कमेडी विद्यामा रहेको सिनेमामा धुर्मुस–सुन्तलीसँगै रवि गिरि, विजय बराल, पल्पसा डंगोल, बुद्धि तामाङलगायतको अभिनय रहेको छ। पहिलो चरणको लकडाउनपछि चितवनमा खिचिएको उक्त सिनेमालाई ओहो मुभिज एपमा केही रकम तिरेर हेर्न सकिनेछ।

प्रकाशित मितिः २०७८ भाद्र ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय